काठमाडौं । विश्व गौडेलको शब्द रचनामा दीपक शर्माको स्वर तथा संगीत रहेको गीत ‘मुना तिमी घर जाऊ’को भिडियो सार्वजनिक भएको छ। चलनचल्तीको गीतभन्दा भिन्न लाग्ने यस गीतको भिडियो पनि गीतको कथा अनुसारकै रहेको छ।
गीत र भिडियोले परदेश गएको आफ्नै साथीकी श्रीमतीसँगको सम्बन्ध र त्यसबाट निम्तिने घटनालाई देखाएको छ। ऋषि बरालले निर्देशन गरेको भिडियोमा जिबि चिरन, दिपेश परियार र मनिषा ओझाको अभिनय रहेको छ। गीतको एरेन्ज उदयराज पौडेलले गरेका छन्।
यस गीतको अडियो तथा भिडियो प्रोडक्सन ब्लेक ब्रोज इन्टरटेन्मेन्टले गरेको छ। प्रोडक्नस टीममा ब्लेक गौडेल, ब्रेनन गौडेल र सन्ध्या थापा रहेका छन्। प्रविन घिमिरेले छायांकन गरेका छन् भने बिनोद बमले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन्। भिडियोमा गीतको अंग्रेजी सबटाइटाल पनि राखिएको छ।