Todays Date: २०८३ जेष्ठ ११

‘आकाशे खेती’को टिजर सार्वजनिक (टिजरसहित)

काठमाडौं । चलचित्र ‘आकाशे खेती’को टिजर सार्वजनिक भएको छ।

एसएस इन्टरनेशनल र तक्मे प्रोडक्सनको प्रस्तुतिमा तयार भएको यो चलचित्रको टिजरमा मुख्य कलाकार गौरव पहारी, विल्सनविक्रम राई, बुद्धि तामाङलाई केन्द्रमा राखिएको छ । चलचित्र फागुन २७ गते रिलिज हुन लागेको छ ।

चलचित्रमा यी तीन जना कलाकारबाहेक रजनी गुरुङ, नीता ढुंगाना, रविन्द्र झा, शिशिर वाङ्देल, लक्षु शर्माको पनि अभिनय देख्न सकिन्छ ।

यो चलचित्रमा कथा तथा निर्देशन उदय सुब्बाको छ । चलचित्रमा विल्सनविक्रम राईको पटकथा तथा संवाद छ । यस्तै विक्रम केसीको छायांकन, सुजन बडालको सम्पादन, राजु किरातीको द्वन्द्व, विकास चौधरी र बादल लिम्बुको संगीत छ ।

चलचित्रको टिजरमा मुख्य तीन पात्रको जीवनमा आइपरेका विभिन्न समस्यालाई देखाउन खोजिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x