Todays Date: २०८३ जेष्ठ ११

र्‍याप म्युजिक रियालिटी शो ‘नेपहपको श्रीपेच’ फागुन १६ गतेबाट, विजेतालाई १० लाख

काठमाडौं । र्‍याप विश्वव्यापी रूपमा संगीतको स्थापित विधा हो। पप–कल्चरसँग जोडिएको र्याप संगीत पश्चिमी देशमा निकै प्रचलित छ। र्‍याप संगीतको इतिहास ‘स्टोरीटेलिङ’ (कथा भन्ने शैली) सँग जोडिएको छ।

र्‍याप गीत हो, यसको लय पनि हुन्छ। तर परम्परागत रूपमा बुझ्ने गरिएको जस्तो स्थापित लय हुँदैन। यसमा र्‍यापर (अर्थात् कथा वाचक) ले एक विषयवस्तुका बारेमा एक लयमा अनुप्रासयुक्त तर बोलीचालीको भाषा गाउँछन्।

नेपालसहितका पूर्वीय दर्शनसँग जोडिएका देशमा पनि पछिल्ला वर्षहरूमा र्याप संगीत लोकप्रिय ‘जनरा’का रूपमा स्थापित हुँदै गएको छ।

विशेष युवा पुस्तामा र्याप लोकप्रिय छ। यसैलाई मध्यनजर गर्दै नयाँ गायन रियालिटी सो ‘नेपहपको श्रीपेच’ हुने भएको छ।

रियालिटी शो ‘नेपहपको श्रीपेच’ फागुन १६ गतेबाट इमेज टेलिभिजन र डी म्युजिक टीभीबाट प्रसारण हुने भएको छ । नेपालमा पहिलो पटक हुन लागेको ‘नेपहपको श्रीपेच’ र्‍याप म्युजिक रियालिटी शो हो ।

कार्यक्रमका लागि ८ हजारभन्दा बढीले डिजिटल अडिसनमार्फत सहभागिता जनाएका थिए भने ६ सय जनाको विभिन्न सहरमा फिजिकल अडिसन पनि भएको थियो ।

अब फिजिकल अडिसनबाट छानिएका १२३ जनाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । डी म्युजिक टीभीको प्रस्तुति रहेको यो शोलाई सुदीप पाेखरेल र रोशन श्रेष्ठले निर्माण गरेका हुन् ।

यो शोको निर्णायकमा र्‍यापर बलेन शाह, गिरिश खतिवडा र मानस घले छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x