Todays Date: २०८३ जेष्ठ ११

हेमन्त शर्माको ‘भन मेरो मालिक’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । लोकप्रिय गायक हेमन्त शर्मा र गायिका एनिला चौहानको नयाँ गीत सार्वजनिक भएको छ । बिहीबार ‘भन मेरो मालिक’ बोलको गीत सार्वजनिक गरेका हुन् । गायक हेमन्तले आफ्नै युट्युब च्यानल ‘हेमन्त शर्मा’मा भिडियो सार्वजनिक गरेका छन् ।

हेमन्तकै शब्द तथा संगीत रहेको गीतलाई श्यामश्वेत रसाइलीले एरेन्ज गरेका हुन् ।

दीपकमान सिंहको निर्देशनमा तयार भएको डान्सिङ नम्बरको गीतको भिडियोमा नरेशवीर सिंह र लोसिना लामिछानेको अभिनय छ । भिडियोमा हेमन्तलाई पनि हेर्न सकिन्छ ।

अजय रेग्मीको छायांकन रहेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x