Todays Date: २०८३ जेष्ठ १२

‘म यस्तो गीत गाउँछु २’को भ्यालेन्टाइन विशेष गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘म यस्तो गीत गाउँछु २’को भ्यालेन्टाइन विशेष गीत सार्वजनिक भएको छ ।

‘आफ्नै सम्झी परेली’ बोलको गीतमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा फिचरिङ छन् । म्युजिकल लभस्टोरी यो चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।

चलचित्रको सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत, सुरेश लामा र अस्मिता अधिकारीको स्वर छ । रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतको भिडियोमा सौरभ लामाको छायांकन छ ।

पूजा र सुदर्शनको लगानीमा बनेको चलचित्रमा जन्मजय साम्पाङ राई सहनिर्माताको रुपमा छन् । चलचित्रको ट्रेलर, ‘तिम्रो घरको वरिपरि’ र ‘दुःखको काँडा’ बोलको गीतले दर्शकको माया पाइसकेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x