Todays Date: २०८३ जेष्ठ १२

‘बाबा पशुपति’ मार्फत सविन राईको कमब्याक (भिडियोसहित)

काठमाडौं । ‘चिसो एस्ट्रे’को नयाँ गीत ‘बाबा पशुपति’ सार्वजनिक भएको छ। दिन्स पाल्पालीको शब्द तथा अजर जंगमको संगीत तथा सविन राईको आवाजमा रहेको गीत सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको हो।

दिन्स पाल्पालीकै लेखन तथा निर्देशनमा बनेको ‘चिसो एस्ट्रे’मा दिव्य देव, निकुन श्रेष्ठ, लविन लम्साल, सृष्टि श्रेष्ठ, रोविन तामाङ, सुशीलराज पाण्डेलगायत कलाकारको मुख्य भूमिका रहेको छ।

फिल्मको कथांश आउने गरी गीतको भिडियो बनाइएको छ। जसमा दिव्य देव, सृष्टि, निकुन, रोविनलगायत कलाकार देखिएका छन्।

फिल्म चैत ४ देखि प्रदर्शनमा ल्याउने तयारीमा निर्माण टोली रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x