काठमाडौं । निर्देशक मिलन चाम्स एकपछि अर्को चलचित्रको निर्देशनमा व्यस्त छन् । चलचित्र ‘गोर्खा वारियर २’को छायांकन गरिरहेका मिलन एक फुटबलरको बायोपिक चलचित्र निर्देशन गर्ने तयारी पनि गरिरहेका छन् ।
यसैबीच उनले कमेडी र प्रेमकथामा बन्ने चलचित्र ‘बर एण्ड बधु’लाई निर्देशन गर्ने तयारी गरेका छन् ।
निर्देशक मिलन चाम्सको फिल्म ‘बर एण्ड बधु’को मुख्य भुमिकाको लागि कलाकार विजय लामा भित्रिएका छन् ।
फिल्मको मुख्य भुमिकामा लामा छनौट भएको निर्देशक चाम्सले सामाजिक संजाल मार्फत जानकारी गराएका छन् ।
चाम्सले फेसबुकमा एक तस्बिर पोस्ट गर्दै लेखेका छन् ‘बरिष्ठ कलाकार विजय लामासँगको सहकार्य ‘बोबी’, ‘गोर्खा वारियर २’ हुँदै ‘बर एण्ड बधु’ सम्म ।’ चाम्सले लामासँग आगामी दिनमा पनि निरन्तर सहकार्य गर्ने जनाएका छन् ।
‘बर एन्ड बधु’ मा यस अगाडि मुख्य भुमिकाको लागि आँचल शर्मा छानिएकी छिन् । ‘बर एन्ड बधु’को फागुन अन्तिमबाट छायांकन हुँदैछ । निर्माण युनिट यसका लागि अहिले धमाधम कलाकार छनौटमा छ ।