News

वरिष्ठ लोक गायक तथा कलाकार जयनन्द लामाको निधन

274606428 7011034038970212 370265696364167458 n

काठमाडौं । वरिष्ठ लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ। उनको भक्तपुरस्थित कौशलटारमा मंगलवार राति निधन भएको हो।

लामालाई श्रद्धाञ्जलिका लागि आज दिउँसो कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राखी आजै अन्त्येष्टि गरिने तयारी गरिएको छ ।

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका-२ धार्पाका लामा दर्जनौं लोकप्रिय गोक गीत संकलन तथा गाएका छन्।

उनको स्वरमा कलकते काइँयो‚ चुँइचुँइ चुइकिने जुत्तालगायतका लोकप्रिय गीत रहेको छ। ​

लामाले गाएका धेरै ‘तामाङ सेलो गीतहरु छन्। उनले छक्का पञ्जालगायत थुप्रै चलचित्र र टेलिचलचित्रहरुमा काम गरेका थिए। ७० वर्षीय स्वर्गीय लामाका दुई छोरा र श्रीमती छन्।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments