Todays Date: २०८३ जेष्ठ १२

शिवरात्रीको पूर्वसन्ध्यामा शिवभक्तका रुपमा देखिए गायक मदन गोपाल (भिडियोसहित)

काठमाडौं । गायक तथा संगीतकर्मी मदनगोपालले शिवरात्रिको पूर्वसन्ध्यामा भगवान शिव केन्द्रित भजन ल्याएका छन्।

आधुनिक शैलीमा तयार पारिएको भजनको भिडियोमा मदन गोपाल आफैँ शिवभक्तका रुपमा देखिएका छन्।

बिजी म्युजिकले सार्वजनिक गरेको भिडियोले शिवको महिमा प्रस्तुत गरेको छ। मदन गोपालकै स्वर र संगीत रहेको भजनको संगीत निर्माता सुशान्त गजुरेल हुन् भने मदन गोपालसहित नम्रता केसी र माया चाहरले अभिनय गरेका छन्।

बुबा बिष्णु थापा र आमा गीतादेवीको सुरु अंग्रेजी अक्षर ‘बी’ र ‘जी’ लिएर मदन गोपालले ‘बिजी म्युजिक’ निर्माण गरेका हुन्।

‘आफ्ना आगामी सिर्जना म यही संस्थामार्फत ल्याउँछु,’ उनले भने।

संगीत विद्यालयका प्राचार्यसमेत रहेका मदन गोपालले थुप्रै गीतहरुमा स्वरसाथै संगीतको काम गरिसकेका छन्।

भजनको भिडियोमा राजीव मानन्धरको निर्देशन र क्यामरा छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x