Todays Date: २०८३ जेष्ठ १२

समिक्षा र सुभाषको नयाँ गीत ‘बजाई देउ’ (भिडियोसहित)

काठमाडौं । गायक सुभाष पुरीको स्वर रहेको नयाँ गीत बजाई देउको गीतको भिडियो सार्वजनिक भएको छ ।

गायक पुरीकै शब्द सृजना रहेको गीतमा गायक पुरीलाई पछिल्लो समयकी चर्चित गायिका समिक्षा अधिकारीले स्वरमा साथ दिएकी छिन् ।

बबुल गिरीको संगीत, एरेन्ज र मिक्सिङ मास्टरिङ रहेको गीत अछामका रमणीय स्थानमा छायांकन गरिएको हो । गौरव गिरीले निर्देशन गरेका हुन् ।

काठमाडौँ उपत्यका बाहिर गएर रमाइला र नयाँ लोकेशनमा भिडियो छायांकन गर्न रुचाउने निर्देशक गिरीको धेरैले प्रशंसा गर्ने गरेका छन् ।

सुदूरपश्चिमको रमाइलो प्रेम गाथालाई देखाइएको भिडियोको छायांकन बसन्त कुँवरले गरेका हुन् भने सम्पादन बलभद्र कुँवरले गरेका हुन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x