‘लप्पन छप्पन २’ प्रदर्शनमा,चुनौती बन्दै ‘द ब्याटम्यान’
काठमाडौं । शुक्रबारबाट नेपालभर ‘लप्पन छप्पन २’ फिल्म प्रदर्शन भएको छ। मुकुन्द भट्टको निर्देशनमा बनेको फिल्म आजबाट देशभर प्रदर्शनमा आएको हो।
फिल्म्मा राजनीति र द्वन्द्वको कथालाई देखाइएको छ। नेपाली चुनावमा विभिन्न देशबाट आर्थिक प्रलोभन पारी गरिएको षड्यन्त्रको कथा फिल्ममा देखाइएको छ।
फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाहीलगायतका कलाकारको अभिनय रहेको छ। फिल्म गोल्डेन हिल्लस पिक्चर्सको ब्यानरमा निर्देशक भट्टकै लगानीमा निर्माण भएको हो।
त्यस्तै‚ शुक्रवारदेखि नै प्रदर्शनमा आएको हलिउड फिल्म ‘द ब्याटम्यान’मा दर्शकको चाप सबैभन्दा धेरै छ। सर्वाधिक शोका साथ प्रदर्शन भइरहेको फिल्मले मल्टिप्लेक्समा २० देखि ५० प्रतिशतसम्म शो पाएको छ।

अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।