News

‘कबड्डी ४’ को शीर्ष गीत ‘केशरी’ सार्वजनिक,मिरुना फकाउँदै सौगात

Kabaddi 4 Song

काठमाडौं । बहुप्रतिक्षित चलचित्र ‘कबड्डी ४’ को ‘केशरी’ गीत सार्वजनिक भएको छ।

सोमबार ‘कबड्डी ४: द फाइनल म्याच’को शीर्ष गीत ‘केशरी’ गीत सार्वजनिक युट्युबमा सार्वजनिक भएको हो।

गीतमा नायक दयाहाङ राई, सौगात मल्ल र नायिका मिरुना मगरको त्रिकोणात्मक प्रेम सम्बन्ध देखाउन खोजिएको छ।

गीतमा एस डी योगी, कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको स्वर तथा संगीत छ भने गीतको शब्द राम अविरल विष्टले लेखेका हुन्।

सौगात र मिरुनासहित दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म जेठ १३ गते प्रदर्शन हुँदैछ ।

चलचित्रमा सौगात, मिरुना, दयाहाङका साथमा बुद्धि तामाङ, विजय बराल आदिको अभिनय रहेको छ।

चलचित्रको निर्देशन रामबाबु गुरूङले गरेका छन्।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments