News

‘ए मेरो हजुर ४’ को दोस्रो गीत ‘सुन्तला’ सार्वजनिक

Anmol KC Suhana Thapa

काठमाडौं । चलचित्र ‘ए मेरो हजुर ४’ को दोस्रो गीत ‘सुन्तला’ मंगलबार सार्वजनिक भएको छ । गीतमा चलचित्रका दुई मुख्य कलाकार अनमोल केसी र सुहाना थापा देखिएका छन्।

बसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा मेलिना राई र निशान भट्टराईले स्वर भरेका छन् । गीलाई उदयराज पौडेलले एरेञ्ज गरेका हुन् । लोक लयमा तयार पारिएको गीतको भिडियोका कोरियोग्राफर कविराज गहतराज हुन् ।

चलचित्रलाई सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनमा सुनिल कुमार थापाले निर्माण गरेका हुन् । चलचित्रको कथा निर्देशक झरना थापाले लेखेकी हुन् ।

पटकथा र संवादमा उनलाई स्व. निर्देशक छेतेन गुरुङ, मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् । चलचित्रमा सलोन बस्नेतको पनि अभिनय रहेको छ ।

चलचित्र आउँदो वर्ष बैशाख १ गते प्रदर्शन हुँदैछ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments