काठमाडौं । हरेक हप्ता बिहीबार र शुक्रबार एपीवान टेलिभिजनबाट प्रशारण भइरहेको नेपाल आइडल सिजन–४ बाट सुमिन पाख्रिन बाहिरिएकी छिन् ।
कार्यक्रममा बटम थ्रीमा विश्वास उप्रेती र नाम्गेल तामाङ परेका थिए। विश्वास र नाम्गेलले उत्कृष्ट पाँचमा स्थान बनाउँदा सुमिन भने नेपाल आइडलको मञ्चबाट बाहिरिएकी हुन् ।
अघिल्लो हप्ताको प्रस्तुतिका आधारमा कम भोट ल्याउने सुमिन बाहिरिएकी हुन्। उनी बाहिरिँदा कार्यक्रममा उपस्थित सबैको आँखा रसाएका थिए।
फाइनल नजिकिँदै गर्दा नेपाल आइडलका प्रतियोगीहरूबीच कडा प्रतिस्पर्धा चलिरहेको छ। उनीहरू आफूलाई अब्बल सावित गर्न उत्कृष्ट प्रस्तुति दिइरहेका छन्। गायनमा मात्रै होइन, सुर, ताल र प्रस्तुतिमा पनि उनीहरू उत्तिकै उत्कृष्ट देखिएका छन्।
चैत ५ गते नेपाल आइडल सिजन–४ को विजेता घोषणा हुनेछ। यसपटक उत्कृष्ट पाँचबाट नै विजेता छानिने भएको छ।