Todays Date: २०८३ जेष्ठ १३

पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ, नाबालिग बलात्कारको मतियारको आरोप

काठमाडौं । जिल्ला प्रहरी कार्यालय तनहुँले नाबालिग बलात्कारको आरोपी पल शाहका लागि मतियारको काम गरेको आरोपमा उनका म्यानेजर कृष्ण जोशी भनिने कृष्णप्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको छ।

घटनाको प्रमाण नष्ट गर्ने प्रयास गरेको, नाबालिगलाई हत्यासम्मको धम्की दिएको र बलात्कारका लागि बालिगलाई फकाउने र प्रबन्धमा संलग्न देखिएको भन्दै जोशीलाई शुक्रवार पक्राउ गरेर जिल्ला अदालत तनहुँबाट सात दिनको म्याद समेत लिएको छ।

पल शाहविरुद्ध प्रहरीमा जाहेरी परेपछि उनले केही युट्युब च्यानलमा नाबालिगसँग मिलेर आफूहरूले पल शाहलाई फसाउने षड्यन्त्र बनाएको र दुर्गेश थापासहितकाले त शाहको हत्याको समेत योजना बनाएको दाबी गरेका थिए। जानकारस्रोतका अनुसार जोशीले नाबालिगलाई जाहेरी नगर्दा धम्क्याउने गरेका थिए। जाहेरी दर्ता गरे ज्यानै समेत जानसक्छ भन्दै उनी पलको पक्षमा माहौल बनाउन समेत सक्रिय थिए।

जाहेरी दर्तापछि लुकेका पल शाहले आफ्नो फेसबुक पेजमा जोशी सहितको अडियो सार्वजनिक गरेका थिए।

तनहुँ प्रहरी र नवलपरासी प्रहरीले नाबालिगको बलात्कार गरेको आरोपमा कलाकार शाहलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। तनहुँ र नवलपरासीमा दिएको बयानमा शाहले नाबालिगसँग प्रेम सम्बन्ध रहेको स्विकार गरेका छन्।

तर बलात्कार गरेको भने अस्विकार गरेका छन्। पहिलो पटक सात दिनको म्याद पाएको प्रहरीले दोस्रो पटक १२ दिनको म्याद पाएको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x