Todays Date: २०८३ जेष्ठ १३

प्रकाश सपुतको ‘पिर’ युट्युब ट्रेन्डिङको एक नम्बरमा

काठमाडौं । गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युब ट्रेन्डिङको एक नम्बरमा आएको छ।

शुक्रबार साँझ सपुतले आफ्नै युट्युब च्यानलमा अपलोड गरेको गीत शनिबार बेलुकासम्ममा ७ लाख ३२ हजारभन्दा बढीले हेरिसकेका छन्।

भिडियोलाई ९० हजारभन्दा बढीले लाइक गरेका छन् भने साढे ८ हजारभन्दा बढी कमेन्ट छन्। अधिकांश कमेन्ट प्रसंशा गरिएका छन्।

माओवादी सशस्त्र द्वन्द्वपछि टाठाबाठाले सत्तामा पहुँच पुर्याएको तर सोझासाझाले भने सास्ती भोग्नुपरेको कथा भिडिओमा देखाउन खोजिएको छ। १६ मिनेट २५ सेकेन्डको भिडियोमा प्रकाश आफै र सुरक्षा पन्त फिचर्ड छन्।

https://youtu.be/Gep3jLq32OI
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x