Todays Date: २०८२ चैत्र २०

डा.डीआर उपाध्यायको चेतनामूलक गीत ‘चेपाङ बस्ती’ (भिडियोसहित)

काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको चेपाङ समुदायको जागरणका लागि तयार गीत ‘चेपाङ बस्ती’ सार्वजनिक भएको छ ।

सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा डा. उपाध्यायकै स्वर छ ।

भिडियोमा चेपाङ समुदायका विभिन्न व्यक्तिहरू, पत्रकार नेपोलीयन चेपाङ, गीतकार डा. उपाध्याय, सुनिता खनाल, यमबहादुर घर्ती, कृष्ण भुसालको अभिनय समेटिएको छ ।

चितवनमा चेपाङ समुदायको बसोबास रहेको स्थान जिमलिङ चौतारामा छायांकन भएको भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् ।

चेपाङ समुदायका समस्या, त्यसको समाधानका लागि राज्यबाट हुनुपर्ने पहल र विभिन्न जागरणका कार्यक्रमका बिषय समेटिएको सामाजिक सन्देशमूलक रहेको गीतकार उपध्यायले जनाएका छन्।

उत्सव दाहालको छायांकन रहेको यो जागरण गीतको भिडियो डीआर म्युजिक क्रियशनको युट्युवमार्फत सार्वजनिक गरेको छ । केही अगाडि ८० विश्व रकेर्ड बनाएका डा. उपाध्याय अहिले १०३ विश्व रेकर्ड पर्याउने दौडमा छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x