Todays Date: २०८२ चैत्र २०

सन्तोष पन्तको चलचित्र ‘हिजोआजका कुरा’को प्रदर्शन मिति असोज २८ गतेलाई पक्का

काठमाडौं । नेपाली कथानक चलचित्र ‘हिजोआजका कुरा’ आगामी असोजमा प्रदर्शनमा आउने भएको छ।

साकार पन्तले निर्देशन गरेको यो चलचित्रको वितरक कम्पनी एफडी र बीके फिल्म्सले आगामी असोज २८ गतेलाई प्रदर्शन मिति पक्का गरेको हो।

पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, जयनन्द लामा लगायतका कलाकारले अभिनय गरेका छन्।

चलचित्रमा लगानी समेत गरेका सन्तोष पन्तले चलचित्रको कथा लेखेका हुन्। गत वैशाखमै प्रदर्शनको तयारीमा रहेको यो चलचित्र कोरोना महामारीका कारण पोस्पन्ड भएको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x