काठमाडौं । सुगम पोखरेल र मिलन नेवारको स्वरमा ‘ह्याप्पी एनिभर्सरी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा हरि लम्सालको संगीत तथा कृष्ण केसीको शब्द रहेको छ ।
हरि लम्सालको संगीत रहेको गीतमा अमेरिका रहँदै आएका गीतकार तथा गायक कृष्ण केसीले शब्द कोरेका छन् । गीतमा कृष्णले एक जोडीको प्रेम, विवाह उत्सवको रमाइलो पललाई उल्लेख गरेका छन् ।
भिडियोको निर्देशन रियल लाइफ जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराइले गरेका हुन् । भिडियोमा यही जोडीको अभिनय हेर्न सकिन्छ ।
वुद्ध थापाको छायांकन रहेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् । भिडियोमा अश्विनी बर्देवा, सागर दाहाल, गोपिकृष्ण ढुंगेल र सुष्मा बर्देवाको पनि अभिनय हेर्न सकिन्छ ।