Todays Date: २०८२ चैत्र २०

पुरुष सहभागी हुने देशकै ठूलो प्रतियोगिता ‘मिस्टर नेपाल’को अडिसन शुरु

काठमाडौं । मिस्टर नेपालको अडिसन शुरु भएको छ । काठमाडौंबाट शुरु भएको अडिशन देशभर नै गर्ने पनि शुरु गरिएको हो ।

सो अवसरमा नेपालमा फेसन तथा मनोरञ्जन उद्योगलाई सरकारले सहयोग गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।

अडिसन चैत १२ गतेसम्म चल्ने आयोजक आयोजक नेक्स्ट मोडल्स नेपालले जनाएको छ ।

हालसम्म सयभन्दा बढीले अडिसन दिएका छन् भने तीमध्येबाट केही प्रतियोगी छनोट भएका छन् ।

छानिएका सबै प्रतियोगीलाई अन्तिम अडिसनपछि सार्वजनिक गरिने आयोजक नेक्स्ट मोडल्स नेपालले जनाएको छ ।

‘मिस्टर नेपाल’ पुरुष सहभागी हुने मुलुकको ठूलो प्रतियोगिता हो । एक्सपोज नेपालले आयोजना गर्दै आएको प्रतिस्पर्धालाई यस वर्षदेखि नेक्स्ट मोडल्सले गर्न थालेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x