Todays Date: २०८२ चैत्र २०

सनिश श्रेष्ठको ‘डान्सिङ भर्सन’ को गीत ‘फलिङ फर यु’

काठमाडौं । भ्वाइस अफ नेपालको मञ्चबाट परिचित गायक सनिश श्रेष्ठको सुमधुर स्वरमा सजिएको ‘फलिङ फर यु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘डान्सिङ भर्सन’ को यस गीतलाई कोविद बज्र र कर्म शेर्पाले सयुक्त रुपमा संगीतबद्ध गर्नुभएको हो। जावेद खानले छायांकन गरेको यस भिडियोमा इरा महर्जनको कोरियोग्राफी रहेको छ। म्युजिक भिडियोमा कविता नेपाली र किरण तामाङकाे अभिनय छ ।

युवा पुस्ताले विशेष रुपमा मन पराउने अङ्ग्रेजी शब्दको समेत गीतमा प्रयोग गरिएको छ। नेपाली र अङ्ग्रेजी आधाआधा प्रयोग गरिनु उपयुक्त नभएको प्रतिक्रिया दर्शक स्रोताले दिएका छन्। म्युजिक भिडियोमा नेपाली र अङ्ग्रेजी दुवै बोलमा गीत प्रस्तुत गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x