Todays Date: २०८२ चैत्र २०

आँचल र विज्ञान अभिनित ‘शिरमाथी शिरफूल’ सार्वजनिक

काठमाडौं । ‘शिरमाथी शिरफूल’ सार्वजनिक गरिएको छ। एस् डी योगी र अस्मिता अधिकारीको आवाज रहेको गीतलाई आर्ट बक्स प्रोडक्सनको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको छ।

गीतको शब्द कृष्ण सुवेदीको रहेको छ भने लय सिर्जना गायक योगी कै रहेको छ।

छविलाल तामाङ (शिशिर)को निर्देशन रहेको भिडियोलाई उज्ज्वल जोशी र नवराज उप्रेतीले संयुक्तमा खिचेका हुन्। मनोज कार्कीले भिडियोको सम्पादन गरेका हुन्।

भिडियोमा नायिका आँचल शर्मा र कलाकार विज्ञान लाई फिचर गरिएको छ। भिडियोमा सुनिल छेत्रीको कोरीयोग्राफी देख्न सकिन्छ।

सार्वजनिक गीतलाई निर्देशक छविलालले मेहनत गरेर कलात्मक शैलीमा प्रस्तुत गरेका छन्।

पछिल्लो समय आर्ट बक्स प्रोडक्सनले नयाँ कलाकार, गायक र सङ्गीतलाई प्रवर्द्धन गरिरहेको छ। भिडियोलाई प्रशान्त राज मालाकार र विज्ञानले मिलेर निर्माण गरेका हुन् ।

https://youtu.be/lYHCQMHRDkM
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x