चलचित्र ‘चिसो एष्ट्रे’ प्रदर्शनमा
काठमाडौं । चलचित्र चिसो एष्ट्रे’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शनमा आएको यो चलचित्रले देशभरको हल भने सबै पाएको छैन ।
काठमाडौंका विभिन्न गल्लीहरुमा बस्ने पात्रहरुको संघर्षको कथालाई उठान गरिएको ‘चिसो एष्ट्रे’ कवि भूपि शेरचनको ‘चिसो एष्ट्रे’ कविताबाट प्रभावित भएर निर्माण भएको हो ।
गाउँबाट सहर आउने मानिसहरुको सपना कसरी एस्ट्रेको चुरोटझैँ निभ्दै जान्छ भन्ने कथामा आधारित रहेको फिल्ममा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नविन लम्साल र रबिन तामाङको अभिनय छ ।
दिन्स पाल्पाली निर्देशित फिल्ममाअजर जंगमको संगीत, क्रएसन र लोकल सिनेमाको ब्यानरमा निर्मित छ । महेशबाबु तिमल्सिनाको प्रस्तुति रहेको फिल्ममा प्रवीण स्याङ्बा र सुष्मिता पराजुली निर्माता रहेका छन् ।
रुपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा सह–निर्माता रहेको फिल्ममाा उज्वल बस्ताकोटीको छायांकन र उज्वल ढकालको सम्पादन छ ।

अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।