‘मिस उदयपुर’ तेस्रो संस्करणको उपाधि रञ्जु चौधरीलाई
काठमाडौं । वाइवाइ डाइनामाईट ‘मिस उदयपुर’ तेश्रो संस्करणको उपाधि रञ्जु चौधरीले हात पारेकी छिन् ।
१५ प्रतिष्पर्धीहरुलाई पछि पार्दै त्रियुगा नगरपालिकाकी रञ्जु चौधरीले उपाधि हात पारेकी हुन् । गाईघाट स्थित शुभलक्ष्मी हलमा जैन विश्वविधालयको प्रस्तुतीमा सम्पन्न उक्त प्रतियोगितामा फर्स्ट रनरअप भने त्रियुगा नगरपालिका–५ कि प्रशन्ना दाहाल र सेकेन्ड रनर अपको उपाधि चौदण्डीगढी नगरपालिकाकी सुदिक्षा कटुवालले हात पारेकी छिन् ।
त्यस्तै चौदण्डीगढीकी मेजिना पुर्कुटीले मिस बेस्ट पर्फमरका साथै मिस टयालेन्ट अवार्ड हात पार्न सफल भईन भने चौदण्डीगढीकै प्रतिक्षा राईले मिस पपुलर र मिस भिवर्स च्वाई अवार्ड हात पार्न सफल भईन ।
बेलका नगरपालिकाकी स्वस्तिका राईले बेस्ट वाक, चौदण्डीगडी नगरपालिकाकी ममता कार्कीले मिस कन्फ़िडेण्ट, त्रियुगा नगरपालिकाकि ईशा खत्रीले मिस चार्मीङ्ग,ब्युटिफुल स्माईल चौदण्डीगडी नगरपालिकाकी विविशा राउतले मिस स्टाईलिस, त्रियुगा नगरपालिकाकि एल्जिनाले मिस पब्लिक चोइस, रौतामाई गाउँपालिकाकी दिपा अधिकारीले मिस मल्टिमिडियाभएकी थिइन।
त्रियुगा नगरपालिकाकी सृजना मगरले मिस डिसिप्लिन, चौदण्डीगडी नगरपालिकाकी बन्दनाराईले ब्युटिफुल स्माईल, त्रियुगा नगरपालिकाकि प्रमेश्वरी शाहले मिस फेशन आईकन र त्रियुगा नगरपालिकाकि धरती आलेमगरले मिस बेस्ट ड्रेसको उपाधी हात पार्न सफल भएकी थिइन।

अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।