News

प्रमोद खरेल र अस्मिता अधिकारीको स्वरमा ‘नौलाख तारा’ (भिडियोसहित)

काठमाडौं । गायक प्रमोद खरेल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘नौलाख तारा’को भिडियो रिलिज भएको छ ।

प्रकाश सापकोटाको शब्द तथा पुस्तक प्रसादको संगीतमा रहेको यो गीत रोमान्टिक शैलीमा छ । सार्वजनिक गीतमा अभिनेता सन्दिप क्षेत्री र लोसिना लामिछानेको साथमा बालकलाकार सायरा भट्टराईलगायतको अभिनय रहेको छ ।

भिडियोका छायाँकार बुद्द थापा हुन् भने सम्पादन तथा कलर ग्रेडिंग सुप्रिम पराजुलीले गरेका छन् । शान थापाको निर्देशनमा भिडियो तयार भएको छ ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments