News

‘हेल्लो जिन्दगी’लाई लगानी उठाउनै चुनौती, मल्टिप्लेक्सबाट दुई दिनमै उत्रियो

hello jindagi 1

काठमाडौं । दक्षिण भारतीय फिल्म ‘आरआरआर’को दबदबा नेपाली चलचित्र ‘हेलो जिन्दगी’लाई लगानी उठाउनै चुनौती थपिएको छ ।

क्यूएफएक्स, बिग मुभिज, वान सिनेमाज, आएनआईजस्ता ठूला मल्टिप्लेक्सले दुई दिनमै प्रियंका कार्की र दीपिका प्रसाईं स्टारर चलचित्रलाई उतारेका हुन् ।

‘हेल्लो जिन्दगी’लाई हटाएर मल्टिप्लेक्सले ‘आरआरआर’लाई शो दिएका छन् । तर केही सिंगल थिएटरले भने ‘हेल्लो जिन्दगी’लाई निरन्तरता दिएका छन् ।

आइतबार गोपीकृष्णमा एक शो छ भने गुण सिनेमाले तीन शो दिएको छ ।

दोस्रो साताको सुरुवातसँगै नेपाली बक्स अफिसमा एएसएस राजामौली निर्देशित फिल्मको स्थिर कमाइ यथावत छ ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments