अनिता र प्रविणको आवाजमा ‘लैजाउ लैजाउ’, भिडियोमा आर्यनदेखि केकीसम्म
काठमाडौं । अनिता चलाउने र प्रवीण वेडवालद्वारा स्वरवद्ध ‘लैजाउ लैजाउ’ बोलको गीत आज सार्वजनिक गरिएको छ । गीतमा थुप्रै चर्चित कलाकारहरुले अभिनय गरेका छन् ।
अर्जुन पोखरेलको शब्द र संगति रहेको गीतको टिजर एक महिना अगाडि रिलिज गरिएको थियो । अनामनगरको नेभरमाइन्ड रेस्ट्रोमा आज एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो ।
अनिता चलाउनेको युटुब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा आर्यन सिग्देल र केकी अधिकारी तथा आकाश श्रेष्ठ र रुबिना थापालाई जोडीका रुपमा हेर्न पाइन्छ । गीत मेलोडियस छ भने भिडियो पनि दमदार छ । रामजी लामिछानेले भिडियो निर्देशन गरेका हुन् ।


अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।