अभिनेता विपीन कार्की अभिनीत पूर्वेली लोकभाकाको गीत ‘घुमी घुमी’(भिडियोसहित)
काठमाडौं । अभिनेता विपीन कार्की अभिनीत नयाँ गीत ‘घुमी घुमी’ सार्वजनिक भएको छ । सुजन चापागाईंको स्वर रहेको गीतमा हर्क साउदको शब्द रचना छ ।
सुजन चापागाईंलाई फिमेल भोकलमा शान्तीश्री परियारले साथ दिएकी छिन् । संगीत गायक सुजन स्वयंमले भरेका छन् । गीत पूर्वेली लोकभाकामा आधारित छ ।
मायाप्रेम बोल्ने गीतको भिडियोले प्रेमसँगै खाली हुँदै गएको पहाडी बस्ती र त्यहाँको सम्भावनालाई देखाउन खोजेको छ ।
गीतको भिडियोमा विपीन कार्की र बराइलीसँगै हर्क साउद तथा सम्राट थापालाई पनि देख्न सकिन्छ । भिडियो निर्देशन नवीन चौहानले गरेका छन् ।


अहिलेसम्म कुनै टिप्पणी छैन — कुराकानी सुरु गर्ने पहिलो व्यक्ति बन्नुहोस्।