News

आकाश र पुजा अभिनित ‘सम्झना बिर्सना’ फिल्मको गीत ‘परेलीमा’ सार्वजनिक

काठमाडौं । आकाश श्रेष्ठ र पुजा शर्मा मुख्य भूमिकामा रहेको फिल्म ‘सम्झना बिर्सना’को गीत सार्वजनिक भएको छ। फिल्मको गीत आइतबार ‘बुढासुब्बा डिजिटल’को युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।

फिल्मको गीतलाई अञ्जु पन्त र निमेश प्रधानले गाएका छन्। निमेश प्रधानले एरेन्ज गरेका छन्। गीतको भिडियोमा फिल्मका शीर्ष कलाकार आकाश र पुजालाई नै फिचर गरिएको छ।

कमल राईको कोरियोग्राफी रहेको छ।

निमेश प्रधानको कथा, निर्देशन र पटकथामा आधारित रहेको फिल्म ‘सम्झना बिर्सना’ आगामी वर्ष जेठ ६ गते प्रदर्शनमा आउँदै छ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments