Todays Date: २०८३ असार ७

२०७८ लाई फर्केर हेर्दा: पल शाहको हिरासत यात्रा, करिश्माको राजनीतिक मोह


काठमाडौं । नेपाली चलचित्र क्षेत्रको अर्को दुखद् घटना हुन पुग्यो । चलचित्र क्षेत्रका उदीयमान अभिनेता पल शाह बलात्कार प्रकरणमा पक्राउ परे । नाबालिग गायिकाले आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै तनहुँ र नवलपुरमा उजुरी दिइन् । जसले गर्दा उनी यतिबेला पुर्पक्षका लागि हिरासतमा छन् ।

यो विषयमा गायक दुर्गेश थापा, सरोज ओलीलगायतका कलाकार पनि विवादमा तानिए । यो वर्ष अधिकांश चलचित्रका कलाकार म्युजिक भिडियोतिर लागे । चलचित्र क्षेत्रमा स्टारडम कमाइसकेका अभिनेता अभिनेत्रीको म्युजिक भिडियो मोह राम्रै देखियो । म्युजिक भिडियो मात्र नभएर उनीहरूले टिकटकतिर पनि राम्रै उपस्थिति जनाउन पुगे ।

तिहारको अवसरमा पूजा शर्माको चलचित्र ‘म यस्तो गीत गाउँछु-२’ प्रदर्शनमा आयो । तामझाम साथ प्रचारप्रसार गरियो । दर्शकहरू हलसम्म पुगे । पूजा शर्मा आफैं देश दौडाहमा लागिन् । पल शाह बलात्कार प्रकरणमा मुछिएपछि उनी पलको बचाउमा लागिन् । उनले पल शाहले बलात्कार गरेको नभई उनलाई फसाउन लागेको भन्दै रोइलो गर्दै हिँडिन् । जसले गर्दा उनको चर्चा पनि राम्रै भयो ।

करिश्माको राजनीतिक मोह

सदावहार नायिकाको परिचय बनाएकी अभिनेत्री करिश्मा मानन्धरले यही वर्ष पार्टी परिवर्तन गरिन् । उनी एमाले प्रवेश गरेकी छन् । जुन विषय पनि चर्चामा रह्यो । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीबाट उनले आफ्नो राजनीतिक करिअर सुरू गरेकी थिइन् । बाबुराम पार्टी परिवर्तन गराउँदै जसपामा लागेपछि उनी निस्क्रिय जस्तै बनेकी थिइन् ।

लामो समय निस्क्रिय जस्तै बनेकी करिश्मा केपी ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गरेकी हुन् । आफू पदको लोभले पार्टी प्रवेश नगरेको उनले बताएकी थिइन् । पार्टीले जस्तो खालको जिम्मेवारी दिए पनि निर्वाह गर्ने उनको भनाइ थियो । तर, यतिबेला उनी आफुलाई पद चाहियो भन्दै हिँडिरहेकी छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x