Todays Date: २०८३ जेष्ठ ३१

‘आमा’ उत्कृष्ट चलचित्र, उत्कृष्ट अभिनेता दीपकराज गिरी, उत्कृष्ट अभिनेत्री सुरक्षा पन्त

काठमाडौं । नेपाली कथानक चलचित्र ‘आमा’ले राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट फिल्मको अवार्ड पाएको छ । सोही चलचित्रबाट दीपेन्द्र के खनालले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् ।

उत्कृष्ट अभिनेत्रीको अवार्ड ‘आमा’बाट सुरक्षा पन्तले पाइन् । ‘छ माया छपक्कै’बाट दीपकराज गिरीले उत्कृष्ट अभिनेताको अवार्ड हात पारे । पटकथातर्फ ‘जात्रैजात्रा’बाट प्रदीप भट्टराईलाई राष्ट्रपति विद्यादेवी भण्डारीले वर्ष २०७६/०७७ को अवार्ड प्रदान गरिन् ।

उत्कृष्ट छायांकनतर्फको अवार्ड ‘छ माया छपक्कै’बाट हरि हुमागाईँले अवार्ड पाउँदा सम्पादनमा निमेष श्रेष्ठ र सुरेन्द्र पौडेलले ‘कबड्डी कबड्डी कबड्डी’बाट अवार्ड हात पारे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x