काठमाडौं । ‘चपली हाइट’ फेम्ड निर्माता अर्जुन कुमारको नयाँ फिल्म ‘गोरे सार्की’को मुख्य भूमिकामा सौगात मल्ल तय भएका छन् । निकेश खड्काको निर्देशनमा गोरे सार्की बनाउन लागेको निर्माता अर्जुनकुमारले जानकारी दिए।
फिल्मको मुख्य कलाकारको लागि अभिनेता सौगात मल्लसँग मौखिक कुराकानी भएको समेत उनले बताए। सौगातसँग मौखिक कुराकानी भएको छ। सौगातले नै फिल्ममा काम गर्ने पक्का जस्तै भइसकेको छ। तर लिखित सम्झौता हुन बाँकी नै छु उनले भने।
साथै मुख्य अभिनेत्री र अन्य कलाकारहरूको छनोट कार्य जारी नै रहेको उनले बताए। सोसल कमेडी ड्रामा विषयवस्तुमा निर्माण हुने फिल्मको लेखन आकाश बरालले गर्नेछन्। फिल्मको जेठ अन्तिम साताबाट छायांकन सुरू गरिनेछ।