काठमाडौं । युवा कलाकार एलिस खनालको अभिनयमा ‘यो बन्द कोठामा’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
४ दशकदेखि अस्ट्रेलियामा बस्दै आएका गायक निशान ढकाल ‘रियाज’ को शब्द संगीत रहेको गीतमा अरेन्ज सुलभ घिमिरेले गरेका छन् भने स्वर निशानकै रहेको छ । भिडियो मुकेश हुमागाईले छायांकन गरेका छन् ।
म्युजिक भिडिओमा एक विद्यार्थी सहरमा संघर्ष गर्दै गर्दा भोगेका दुःख र पीडालाई देखाइएको छ । जीवनका हर उतारचढाव, जीवनको यात्रामा आएका अवरोधलाई एलिसले अभिनयमा देखाएका छन् ।