Todays Date: २०८३ जेष्ठ २८

व्यवसायी रोहित तिवारीसँग केकीले गरिन् बिहे

काठमाडौं । अभिनेत्री केकी अधिकारीले व्यवसायी रोहित तिवारीसँग बिहीबार विवाह गरेकी छन्। उनीहरूले सानाे समारोह गरी परम्परागत रुपमा बिहे गरेका हुन्।

केकीले फेसबुकमार्फत विवाहका तस्बिर सार्वजनिक गरेकी हुन्। लेखेकी छन्, ‘जीवनको नयाँ अध्याय सुरु गर्दै गर्दा म र मेरो जीवन साथीले उपहारस्वरूप यहाँहरूको आशीर्वादको अपेक्षा गरेका छौँ। यहाँरूको माया, साथ र सद्भाव हामीप्रति सदैव कायम रहने कुरामा हामी विश्वस्त छौँ।’

लामो समयदेखि रोहितको प्रेम रहेकी केकीले आफ्नो प्रेम भने सार्वजनिक गरेकी थिइनन्। प्रेम र प्रेमीका बारेमा मिडियाले बारम्बार प्रश्न गर्दा केकी पन्छिँदै आएकी थिइन्। रोहित हाम्रो बजार डटकमका सीईओ तथा फुडमारियोका सहसंस्थापक र सीईओ हुन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x