Todays Date: २०८३ जेष्ठ २८

वैवाहिक बन्धनमा बाँधिइन् अभिनेत्री वर्षा शिवाकोटी

काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटी वैवाहिक बन्धनमा बाँधिएकी छन् । शुक्रबार काठमाडौंको नागार्जुन रानीवनस्थित रेसु भिल्लामा अभिनेत्री वर्षाले अमेरिकामा बसोबास गर्दै आएका आशिष गेलालसँग विवाह गरेकी हुन् ।

अभिनेत्री वर्षा र आशिष केही समयदेखि प्रेम सम्बन्धमा थिए । त्यसोत, केही समय अगाडि मात्रै अमेरिका पुगेर वर्षा फर्किएकी थिइन् । आशिष पेशाले इन्जिनियर हुन् ।

शुक्रवार उनले आफ्नो फेसबुक एकाउन्टमार्फत जानकारी दिएकी हुन्। आफ्ना परिवार र निकट साथीहरूको उपस्थितिमा शुक्रवार आशिषसँष बिहे गरेको वर्षाले उल्लेख गरेकी छिन्।

‘परिवार र निकट साथीहरूका माझमा २०२२ अप्रिल २२ मा बिहे गरेको खबर सार्वजनिक गर्न पाउँदा हामी खुसी छौं। हामीले नयाँ जीन्दगीको सुरूआत गरेका छौं। तपाईंहरू सबैले दिएको माया र सहयोगका लागि धेरै धन्यवाद। सप्रेम- आशिष र वर्षा,’ उनले लेखेकी छिन्।

‘नाइँ नभन्नु ल २’बाट फिल्मी करियर सुरु गरेकी अभिनेत्री वर्षाले ‘पशुपतिप्रसाद’, ‘वीर विक्रम २’, ‘लप्पनछप्पन २’, ‘पुरानो बुलेट’लगायतमा काम गरेकी छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x