काठमाडौं । सेलिब्रिटी र कोरियोग्राफर जोडीले नृत्य प्रस्तुत गर्ने रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’बाट शनिबार एक जोडी बाहिरिएको छ ।
अभिनेता प्रदीप बाँस्तोला र कोरियोग्राफर स्वयत्ना योञ्जनको जोडी दर्शकको कम भोटको आधारमा प्रतियोगिताबाट बाहिरिएका हुन् ।
उनीहरुसँगै डा. सन्तोष उपाध्याय र सुनिता दर्नाल, नीलम ढुंगाना र रवि पटेलको जोडी पनि बटम थ्रीमा परेको थियो । जसमध्ये दर्शकको भोट र निर्णायकको अंकको आधारमा सबैभन्दा कम मत पाउने प्रदीप र स्वयत्नाको जोडी बाहिरिएको हो ।