Todays Date: २०८३ जेष्ठ २८

कर्मा अभिनित फिल्म ‘षट्कोण’को ‘रहस्य’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । अभिनित फिल्म ‘षट्कोण’को ‘रहस्य’ बोलको गीत सार्वजनिक गरिएको छ। युनिक पोइटको शब्द तथा स्वर रहेको गीतमा विशेष पाण्डेले संगीत भरेका छन्। सार्वजनिक गीतमा हत्याको रहस्य पत्ता लगाउँदा आउने उतार-चढाबलाई देखाइएको छ।

साइकोलोजिकल थ्रिलर कथामा बनेको फिल्ममा कार्म एक हत्याको अनुसन्धान गरिरहेको पत्रकारको भूमिकामा देखिएका छन्। सिनेमालाई मिलन डि काप्रीले निर्देशन गरेका हुन्। यही फिल्मबाट मिलन डि काप्री निर्देशनमा डेब्यू गर्दैछन्।

क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण फिल्ममा कर्मासँगै भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामाको अभिनय रहेको छ। शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको फिल्मको संवाद महेश दवाडीले लेखेका हुन्।

आङ्छेन लामाले छायांकन गरेको फिल्मलाई सागर खनाल र निर्देशक काप्रीले सम्पादन गरेका छन्। यो फिल्म वैशाख २३ गतेबाट नेपालभर प्रदर्शन हुँदैछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x