Todays Date: २०८३ जेष्ठ २८

‘दैलो खोलिदियौ आधा रातमा आउने ‘भन को थियो ?’ (भिडियो)

काठमाडौं । गायक केशव भावुकको सुमधुर स्वरमा सजिएको गजल गीत ‘भन को थियो ?’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा शब्द न्युजिल्याण्ड निवासी गीतकार नमिता दवाडीको रहेको छ । हरि लम्सालले सङ्गीतवद्ध गरेको यस गीतलाई उदयराज पौडेलले सङ्गीत संयोजन गरेका हुन् ।

दीपक गिरीले छायाङ्कन गरेको यस भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा जीबी चिरन र अस्मिता जुरेलीले अभिनय गर्नुभएको छ । सशान कंडेलको निर्देशनमा भिडियो तयार पारिएको हो ।

‘दैलो खोलिदियौ आधा रातमा आउने भन को थियो ?, को थियो ?’, ‘वाचा बन्धन यता थियो सँगै बाँच्ने, सँगै मर्ने’, ‘म चितामा जलिरहेँ सोधिरह्यो आगोले निर्मोही सोधीरह्यो आगोले’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ ।

गीतकार दवाडीको युट्युव च्यानल ‘नमिता दवाडी’मार्फत् भिडियो सार्वजनिक भएको हो । यसअघि गीतकार दवाडीको शब्दमा समावेश ‘म मजदूर मायाको’ बोलको म्युजिक भिडियो सार्वजनिक भइसकेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x