Todays Date: २०८३ जेष्ठ २९

सूर्य एन श्रेष्ठको निर्देशनमा बनेको ‘लाइफ इन एलए’को ट्रेलर सार्वजनिक

काठमाडौं । ‘लाइफ इन एलए’को ट्रेलर सार्वजनिक भएको छ। सूर्य एन श्रेष्ठको निर्देशनमा बनेको फिल्मको ट्रेलर बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरिएको हो।

नेपाल र अमेरिकामा खिचिएको यो फिल्ममा बास बिस्सु, रेजण विल्लुप्स, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ्ग, लोकेन्द्र लेखक, प्रकाश घिमिरेलगायतका कलाकारको अभिनय रहेको छ। फिल्म संसार अन्जान सुवेदीले निर्माण गरेका हुन्।

बास बिस्सुको कथा रहेको फिल्मको पटकथा तथा संवाद सूर्य प्रकाश क्षेत्रीले लेखेका छन्। उज्जवल ढकाल र भुपेन्द्र अधिकारीले सम्पादन गरेको फिल्ममा दीपक ओलीले सहनिर्देशकको भूमिका निभाएका छन्।

https://youtu.be/t4RAqxCrUXY

अमेरिकामा कृस वारेन र एडवार्ड उकेनले खिचेको फिल्मलाई नेपालमा भने बाबु श्रेष्ठले खिचेका छन्। फिल्म आगामी जेठ ६ गतेबाट सिनेमा हलमा प्रदर्शन हुनेछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x