Todays Date: २०८३ जेष्ठ २९

चलचित्र ‘कबड्डी–४’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘कबड्डी–४’को ट्रेलर सार्वजनिक भएको छ।

बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। यसअघि वैशाख २३ मा तोकिएको प्रदर्शन मिति अब जेठ १३ गतेलाई तोकिएको छ।

आगामी वैशाख ३० गते स्थानीय तहको चुनाव हुने भएसँगै चलचित्रको प्रदर्शन मिति सारिएको बताइएको छ।

बाँसुरी फिल्मस्को प्रस्तुतिमा तयार भएको यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ ।

यो चलचित्रको टिजरमा दयाहाङ राई र मिरुना मगरको प्रेममा सौगात मल्लको प्रवेशलाई रोचक तरिकाले प्रस्तुत गरिएको छ ।

चलचित्रमा विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेलको लगानी छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x