काठमाडौं । अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘सम्झना बिर्सना’को प्रदर्शन मिति पछि सरेको छ ।
आउँदो जेठ ६ गतेका लागि तोकिएको पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित गरिएको छ । स्थानीय तह निर्वाचनको माहोललाई मध्येनजर गर्दै जेठ ६ मा चलचित्र प्रदर्शन नगर्ने निर्णय गरिएको हो ।
प्रेमकथामा निर्माण गरिएको चलचित्रको कथा निर्देशक प्रधान स्वयंमले लेखेका हुन् । आदित्य प्रधान र रेविका प्रधान निर्माता रहेको चलचित्रमा आकाश र पूजाका अलावा छुल्ठिम गुरुङ, सुनिल थापा, शिशिर राणा लगायतका कलाकारहरुको समेत अभिनय छ ।
‘आदित्य फिल्मस्’को ब्यानरमा निर्माण भएको चलचित्रलाई शिव ढकालले छायांकन, कमल राईले कोरियोग्राफी एवं तारा थापा ‘किम्भे’ले सम्पादन गरेका हुन् ।
भारतको सिलिगुडी, दार्जिलिङ र सिक्किम क्षेत्रमा यो चलचित्रको छायांकन गरिएको हो ।