काठमाडौं । गायक राजु लामा सगरमाथा आरोहण गरेर काठमाडौं फर्किएका छन्।
उनीसहित २७ जनाको आरोही टोली जेठ २ गते सगरमाथाको चुचुरोमा पुगेका थिए।
सगरमाथाबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै आफूलाई नेपाली हुनुमा गर्व लागेको बताए।
उनले ६ हजार ५ सय ७४ मिटरको उचाइमा एकल कन्सर्ट गरेका थिए।
आफ्नो सार्वजनिक नै नभएको ‘हिमालले डाक्यो मलाई’ बोलको नयाँ गीतको प्रस्तुति दिएका हुन्। यसबाहेक उनले मंगोलियन हार्ट ब्यान्डका चर्चित गीतहरू गाएका थिए।
यसअघि बेलायती गायक ओज बेल्डोनले सन् २०१२ मे १६ तारिखमा मेरापिक हिमालको ६ हजार चार सय ७६ मिटर उचाइमा कन्सर्ट गरेर गिनिज विश्व रेकर्ड राखेका थिए। उक्त रेकर्डलाई गायक राजुले तोड्दै नयाँ कीर्तिमान राखेका छन्।