Todays Date: २०८३ जेष्ठ २८

बलात्कार, हत्या र बदलाको कथामा बनेको चलचित्र ‘पासो’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘पासो’को ट्रेलर सार्वजनिक भएको छ।

बीआर इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्र आगामी कार्तिक २५ गतेबाट रिलिज हुँदैछ। प्रदर्शनको ६ महिना अगावै फिल्म निर्माण यूनिटले ट्रेलर सार्वजनिक गरेको हो।

ट्रेलरमा दुई युवतीलाई बन्धक बनाएर दिइएको यातना चित्रण गरिएको छ । सस्पेन्स, एक्सन र थ्रिलर फिल्ममा रिस्ताले एक्सन दृश्य पनि पस्किएकी छन् ।

यो चलचित्रमा रिस्ता बस्नेत, सुनिषा बजगाईँ, रामकुमार बस्ताकोटी, प्रतीक दुलाल, प्रनव आकाश लगायतका कलाकारले अभिनय गरेका छन्।

https://youtu.be/j87ODL_fvb4

सार्वजनिक फिल्मको ट्रेलरमा काठको बक्सा भित्र थुनिएकी युवतीको कथा देखाउन खोजिएको छ।

सूर्य दयालुको संगीत रहेको चलचित्रको कथा, पटकथा तथा संवाद आरबी पुनले लेखेका हुन्।

चलचित्रको निर्देशक पनि पुनले नै गरेका हुन्। चलचित्रमा भगवान भुजेलले लगानी गरेका छन्।

उत्तम हुमागाईँको छायांकन रहेको चलचित्रमा भूपेन्द्र अधिकारीको सम्पादन, सुरेज बस्येलको कोरियोग्राफी छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x