News

र्‍यापर जी-बबको गीतमामोडलिङ गर्दै सारा श्रीपाइली

Sara Shripaili and G Bob

काठमाडौं । अभिनेत्री सारा श्रीपाइलीले पछिल्लो समयका चल्तीका र्‍यापर जी-बबसँग एक म्युजिक भिडियोमा सहकार्य गरेकी छन् ।

माइकल चन्दले निर्देशन गरेको भिडियो ‘फाइनल्ली भेटियो’मा सारा र जी-बबले सहकार्य गरेका हुन् । गीत छायांकन सकिएको छ । मोडल डेलविस पनि यसमा फिचर्ड हुनेछन् ।

जी-बबकै शब्द र संगीत रहेको गीतमा उनी स्वयं मोडलिङ गर्दैछन् । स्रोतका अनुसार निर्माण कम्पनी ट्री इन्टरटेनमेन्टले जी-बबलाई महंगो रकम दिएर यो गीत निर्माण गर्न लागेको हो ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments