Todays Date: २०८३ जेष्ठ १२

‘चिसो मान्छे’को ‘जीवन बाटोमा’ गीतको लिरिकल भिडियो सार्वजनिक

काठमाडौं । दिपेन्द्र के खनालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘चिसो मान्छे’ को ‘जीवन बाटोमा’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ।

आइतबार सार्वजनिक भएको भिडियो ‘ओएसआर डिजिटल’को यूट्यूबमार्फत रिलिज भएको हो ।

गीतको सुरुवाती अंश देउडा रहेको छ। गीतको देउडा भाकामा रेखा जोशीले स्वर दिएकी छन् भने बाँकी भाग निखिता थापाले गाएकी छन्।

सहदेव अर्याल र हर्क साउदको शब्द रहेको गीतमा सुवास भुसालको संगीत र उदय राज पौडेलको एरेन्ज छ।

शर्मिला पाण्डेले निर्माण गरेको फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनालको मुख्य भूमिका छ।

चलचित्रमा आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, झकेन विसी, सञ्जोग रसाइली, पुष्पा अवस्ती, सृष्टी आचार्य, विकाश खनाल लगायत कलाकारको पनि अभिनय छ।

निर्देशक खनालले छायांकन गरेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन्। चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरिकी छिन्। चलचित्र असार ३ गतेबाट देश तथा विदेशमा प्रदर्शनमा आउँदै छ।

यो चलचित्र असार ३ गतेदेखि प्रदर्शन हुँदैछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x