Todays Date: २०८३ जेष्ठ १२

‘कबड्डी ४’ लाई झड्का, सिक्किमले लगायो प्रदर्शनीमा रोक

काठमाडौं । सिक्किम सरकारले राज्य ‘कबड्डी ४’ को प्रदर्शनी रोक लगाइएको छ। १७ जूनदेखि सिक्किममा सबै हलमा ‘कबड्डी ४’ प्रदर्शनी गरिने निश्चित गरिएको थियो।

आज बिहान सिक्किममा मुख्यमन्त्री पीएस गोलेले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सिक्किममा ‘कबड्डी ४’ को प्रदर्शनीमा रोक लगाउने निर्णय राज्य सरकारले दिएको जानकारी गराएका छन्।

मुख्यमन्त्री गोलेकाअनुसार सिक्किमेली जनता र यहाँका विभिन्न सङ्घ-संस्थाका भावनालाई ध्यानमा राख्दै राज्यमा ‘कबड्डी ४’ को प्रदर्शनीमा रोक लगाउने निर्णय राज्य सरकारले लिएको हो।

‘कबड्डी ४’ की नायिका मिरुना मङ्गर र र फुर्बा लामाबिचको विवाद स्वीकार्य ढङ्गमा समाधान नभएसम्म राज्यमा यस फिल्मको प्रदर्शनीमाथि रोक लगाइएको मुख्यमन्त्री गोलेले जानकारी गराएका छन्।

‘विवाद स्वीकार्य रूपमा समाधान नभएसम्म सिक्किमका जनता र विभिन्न सङ्घ-संस्थाहरूका भावनालाई ध्यानमा राख्दै राज्य सरकारले सिक्किममा ‘कबड्डी ४’ को प्रदर्शनीमा रोक लगाउने निर्णय गरेको छ’, सिक्किमका मुख्यमन्त्री पीएस गोलेले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्।

स्मरण रहोस्, सिक्किममा ‘कबड्डी ४’ को प्रदर्शनीमा रोक लगाउनपर्ने माग लगातार उठिरहेको थियो। विशेषगरी सिक्किमका लामाहरूले ‘कबड्डी ४’ को प्रदर्शनी राज्यमा नगरिदिने अनुरोध गर्दै आइरहेका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x