Todays Date: २०८३ जेष्ठ १२

‘डान्सिङ स्टार्स नेपाल’ ग्रान्ड फिनाले असार १० गते, को-को पुगे फाइनलमा ?

काठमाडौं । नृत्यमा आधारित टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’ मा छिरिङ शेर्पा र सरोज प्रजाको जोडी फाइनलमा पुग्न सफल भएको छ ।

शनिबारको एपिसोडबाट छिरिङ र कोरियोग्राफर सरोज प्रतियोगिताको फाइनलमा पुगेका हुन् ।
अन्य दुई प्रतिस्पर्धी जोडी पनि फाइनलमा प्रवेश गरेका छन् । छिरिङ शेर्पा, परमिता राणा, प्रीति आलेको जोडी फाइनलमा प्रवेश गरेका हुन् ।

असार १० गते शोको ग्रान्ड फिनाले हुँदैछ । शोको निर्णायकमा गौरी मल्ल, दिलीप रायमाझी र रेनशा बान्तवा राई छन् । कार्यक्रम प्रत्येक शुक्रबार र शनिबार हिमालयन टिभीमा प्रसारण हुँदै आएको छ ।

फाइनलमा दर्शकको भोट नै शतप्रतिशत मान्य हुने बताइएको छ । निर्णायकहरुले फाइनलका लागि आफ्नो निर्णय दिन नसक्ने बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Scroll to Top
0
Would love your thoughts, please comment.x
()
x