News

हरिवंश आचार्यका छोरा मोहितवंशको नयाँ गीत ‘भटक भटक’ (भिडियोसहित)

काठमाडौं । हरिवंश आचार्यका छोरा मोहितवंश आचार्यको नयाँ गीत सार्वजनिक भएको छ । ‘भटक भटक’ बोलको उक्त गीतमा गायिका मेलिना राइले उनलाई साथ दिएकी छिन् ।

डान्सिङ फ्लेबरमा रहेको यस लभ सङमा अभिनेता नाजीर हुसेन र मोडल आश्मा विश्वकर्माले एकसाथ कम्मर मर्काएका छन् । आश्माको कामुक नृत्यले भरिएको गीतलाई सरोज ओलीले लेखेका हुन् । ओलीका अनुसार यो यसअघिको उनको हिट गीत ‘ए है माया’ कै दोश्रो संस्करण हो ।

कोभिड महामारीले थिलथिलो बनेको गीतसंगीत उद्योगमा गायक समेत रहेका ओलीले कोरोना सचेतनासँग जोडेर ‘ए है माया’ बोलको गीत लिएर आएका थिए ।

‘भटक भटक’ पनि दीपक शर्माले नै संगीत भरेका छन् । श्यामस्वेत रसाइलीको एरेन्ज रहेको गीतको म्युजिक भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका छन् । भुपेन्द्र अधिकारीको सम्पादन, रेनिश फागोको कलर रहेको गीतको म्युजिक भिडियोलाई विक्रम स्वारले निर्देशन गरेका छन् ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments