News

‘सम्झना बिर्सना’लाई हलमा टिक्नै मुस्किल, ठूला मल्टिप्लेक्सको शोमा कटौती

samjhana kQbUKVd4u0

काठमाडौं । पूजा शर्मा र आकाश श्रेष्ठ अभिनित चलचित्र ‘सम्झना बिर्सना’लाई हलमा टिक्नै मुस्किल देखिएको छ ।

आइतबार ठूला मल्टिप्लेक्सले चलचित्रको शोमा कटौती गरेका छन् । क्यूएफएक्सले आइतबार चार शो दिएको छ ।

मुलुकका १०० हलबाट शुक्रबार रिलिज भएको चलचित्रको दुई दिनको कुल कमाइ निकै न्यून छ ।

शनिबार अष्टनारायणसहितका केही हलमा अकुपेन्सी ७० प्रतिशत देखिए पनि क्यूएफएक्समा ३० देखि ५० प्रतिशतसम्म रह्यो ।

निमेश प्रधानको निर्देशनमा बनेको रोमान्टिक फिल्म ‘सम्झना बिर्सना’मा अभिनेता आकाश श्रेष्ठ, पूजा शर्मा र छुल्ठिम गुरुङको मुख्य भूमिका छ।

निमेष प्रधानको लेखन र निर्देशनमा बनेको फिल्ममा दार्जिलिङ्गको चिया बगानमा कार्यरत मजदुरको जीवनशैली, पीडा, समस्या र हकअधिकारको कुरालाई समेत प्राथमिकताका साथ प्रस्तुत गरिएको छ ।

अद्वितीय प्रधानको प्रस्तुति र रेबिका प्रधानको निर्माण रहेको चलचित्रमा आकाश चियाबगानको मालिक र पूजा कर्मचारीको भूमिकामा छन् ।

उनीहरूबीचको सम्बन्ध, प्रेम र समग्र जीवनमा आउने उतारचढावलाई रोमान्चक तवरले केलाइएको चलचित्रमा छुल्ठिम गुरुङ, सुनील थापा र शिशिर राणा पनि महत्वपूर्ण भूमिकामा छन् ।

देशभरका करिब एक सय स्क्रिनमा प्रदर्शन भइरहेको चलचित्र दार्जिलिङ, सिल्गुढी तथा सिक्किमका रमणीय स्थानमा खिचिएको हो । निर्देशक निमेषकै लेखन रहेको चलचित्र शिव ढकालले खिचेका हुन् ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments