Trailer

समलिङ्गी प्रेम कथामा आधारित शर्ट फिल्म ‘मीरा’को ट्रेलर सार्वजनिक

काठमाडौं । समलिङ्गी प्रेम कथामा आधारित शर्ट फिल्म ‘मीरा’को ट्रेलर सार्वजनिक भएको छ। अश्भी फिल्म्सको युट्युब च्यानलमार्फत ट्रेलर सार्वजनिक गरिएको हो।

यो फिल्मलाई अनिता पण्डितले निर्माण तथा निर्देशन गरेकी छन्। यो पण्डितको डेब्यू निर्देशन फिल्म हो। उनी पेसाले सफ्टवेयर इन्जिनियर हुन्।

फिल्ममा निर्देशक पण्डितको अभिनय पनि देख्न सकिन्छ। उनीसँगै फिल्ममा अर्नभी ढुंगाना, मौसम खड्का, अभिषेकलगायत कलाकारको अभिनय छ।

अनिल कट्वालले छायांकन गरेको फिल्मलाई बिजेश पौडेलले सम्पादन गरेका हुन्।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments